२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीको भावी आईजिपीको बाजि कसले मार्ला हेर्न बाँकी ?

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा ३० औं प्रहरी महानिरीक्षक नियुक्तिको तयारीमा सरकार जुटेको छ । गत साता एआइजी बढुवाको सिफारिस भएसँगै आइजिपी नियुक्तिको प्रतिस्पर्धा साँघुरिएको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहकै सिफारिसअनुसार बरियतामा अगाडि रहेका पाँच डिआइजी बढुवा सिफारिस भएका छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बढुवामा सिफारिस भएका हुन् । बढुवामा सबै अब्बल परेकाले विगतमा जस्तो कुनै विवाद भएन । प्रहरीमा सेवाहदसम्बन्धि प्रावधान हेरफेर नभएमा उनीहरुमध्ये एक जना १० चैतमा प्रहरी महानिरीक्षक हुनेछन् ।
पहिलो नम्बरमा बढुवा भएकाले कुँवर आइजिपीका बलिया दाबेदार देखिएका छन् । यसअघि डिआइजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नु नै उनको करिअरको कोशेढुंगा बन्यो । एआइजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए । यसका लागि प्रहरी महानिरीक्षक सिंहको भूमिका महत्वपूर्ण छ । सिंहले कुँवरलाई नै भावी आइजिपीका रुपमा अघि बढाउन चाहेका छन् । कांग्रेस निकट भनेर चिनिए पनि कुँवर व्यवसायिक प्रहरी अधिकृत मानिन्छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकटता नभएकाले उनी आइजिपीको कुर्सीमा पुग्नेमा ढुक्क छैनन् ।
दोस्रो नम्बरमा राई पनि इमान्दार छवी भएका अधिकृत हुन् । लामो समय बिशेष ब्यूरोमा बसेर उनले सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाए । तर, राजनीतिक नेतृत्वको चाकडी नगर्ने स्वभावका कारण उनलाई नेताहरुले रुचाउँदैनन् ।

तेस्रो नम्बरका दिपक थापा अर्का बलिया दाबेदार हुन् । तर, एआइजी बढुवामा तेस्रो नम्बरमा परेकाले उनलाई प्रधानमन्त्रीले अघि बढाउन नखोजेको चर्चा प्रहरीमा छ । यद्यपि, उनको प्रचण्ड परिवारसँग निकटतम सम्बन्ध छ । अहिले आइजिपी नभएपनि पछि छोटो समयका लागि आइजिपी हुने सम्भावना बाँकी नै भएकाले पनि उनलाई विकल्प भने छ ।

चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन् । तर, उनको माओवादी तथा कांग्रेस नेतृत्वसँग निकटतम सम्बन्ध छैन भनिन्छ ।

साथै, यसपटक आइजिपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर पनि प्रधानमन्त्री प्रचण्डलाई छ । पहिलो पटक महिलालाई आइजिपी बनाउने अवसर सरकारलाई छ । पाँचौ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य आइजिपी पदकी एक प्रमुख हकदार हुन् । यसअघि उत्कृष्ट पुरस्कारहरु पाएकी उनी क्षमतावान महिला अधिकृतका रुपमा चिनिन्छन् । उनी पनि प्रहरीमा इतिहास रच्ने दाउमा छिन् ।

यो ब्याचका पाँचै जना तुलनात्मक रुपमा अब्बल अधिकृतका रुपमा पहिचान बनाएका छन् । त्यसकारण पाँचमध्ये जसलाई आइजिपी बनाए पनि विवाद हुने देखिन्न । अघिल्लो कार्यकालमा आइजिपी कान्डमा फसेका प्रचण्ड यसपटक प्रहरीमा राजनीति गर्ने पक्षमा नरहेको उनी निकटस्थहरु बताउँछन् । यद्यपि, सेवाहदसम्म प्रावधान हेरफेर गरेर अहिलेकै नेतृत्वलाई निरन्तरता दिने विषयमा पनि छलफल चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।