०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रधानमन्त्री दहाललाई मन्त्रिपरिषद् पुनर्गठन गर्न सकस भागबण्डा मिलाउन चुनौतीहरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

(ABC-Sanchar)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद पुनर्गठन गर्न सकस परेको छ । सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती बढेको हो । नेकपा एमाले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका विभिन्न दलले सरकारमा सामेल हुने इच्छा देखाएको माओवादी केन्द्रका एक मन्त्रीले बताए । सबैलाई समेटेर मन्त्रालयको भागबण्डा लगाउन कम चुनौती छैन ।

‘उपराष्ट्रपतिको चुनाव आगामी शुक्रबार सकिन्छ । त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाउँछ,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यू चैत ११ गतेभित्र विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने योजनामा हुनुहुन्छ । विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले चैत ५ वा ८ गते विश्वासको मत लिने तयारी भइरहेको ती मन्त्रीको दाबी छ । तर दलहरुबीच मन्त्रालय भागबण्डाबारे अझै प्रस्ट भइसकेको छैन ।
प्रचण्ड नेतृत्वको सरकारमा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब कांग्रेसले पनि उत्तिकै संख्यामा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले गृह सहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा चर्को दाबी गरेको छ ।उता माओवादी केन्द्रले गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरुले दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय कांग्रेसलाई दिन नसकिने माओवादी केन्द्रका नेताहरु बताउँछन् । यसमा कांग्रेस लचिलो भए गृह मन्त्रालय माओवादीले लिन सक्ने आकलन छ । यदि माओवादीले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् ।सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ ।
चितवन–२ मा हुने उपचुनावमा रास्वपाका सभापति रवि लामिछाने फेरि उम्मेदवार बन्ने र उनी निर्वाचित भएर आएपछि सरकारमा जान सक्ने आकलन छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारको पक्षमा उभिएका रास्वपा बाहेक सबै पार्टी सरकारमा सामेल हुने बताउँछन् । ‘सरकारमा कुन कुन दल जाने ? कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छैन,’ रातोपाटीसँग पौडेलले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै मन्त्रालय भागबण्डाका विषयमा छलफल हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!