२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा घरमा लागेको आगोको कारण निस्सासिएर एक महिलाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, चैत्र ०३, २०७९

ABC (क्राईमबिट)
दाङ । दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुवाँका कारण निस्सासिएर मृत्यु भएको पूर्व अनुमान गरिएको सेतोपाटीलाई बताए।

देवीगञ्जस्थित घर्तीको घर गाउँभन्दा झन्डै एक डेढ सय मिटर टाढा रहेको छ। उनी एक्लै बस्दै आएकी थिइन्।

‘स्थानीयलाई बुझ्दा मृतकले सधैं मापसे गर्ने र चुरोट पनि सेवन गर्ने गरेको भन्ने कुरा गरे,’ प्रहरी निरीक्षक केसीले भने, ‘मापसे गरेको समयमा चुरोट खाएर ठूटो फाल्दा सिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर निस्सासिएर मृत्यु भएकोजस्तो देखिएको छ।’

तर, मृतकको शरीरमा भने कतै जलेको वा पोलेको घाउखत नदेखिएको उनले बताए।

कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए।

‘कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो र त्योभन्दा मुन्तिर फलामे रडले पनि ढोका थुनिएको थियो,’ केसीले भने, ‘कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेको हुँदा ढोकानजिकै लडेको जस्तो देखियो।’

बिहान स्थानीयले लामो समयसम्म पनि ढोका नखोलेको देखेपछि उठाउन भनेर ढोका ढकढक्याउन गएको र त्यसक्रममा कोठाको भेन्टिसेलनबाट धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक केसीका अनुसार प्रहरी बिहान घटनास्थल पुग्दा पनि धुवाँ उडिरहेको थियो।

घर्ती बस्ने घरमा बिजुली बत्ती छैन। उनले उज्यालोको लागि टुकी बाल्ने गरेको स्थानीयले बताएका छन्। सोही टुकी वा चुरोटको ठूटोबाट आगो सल्केको अनुमान रहेको उनले जानकारी दिए।

‘घटनाको प्रकृति हेर्दा टुकीभन्दा पनि चुरोट खाएपछि सावधानीपूर्वक ननिभाउँदा विस्तारामा सल्केको अनुमान गर्ने आधार देखिएका छन्,’ उनले भने, ‘थप कुरा पोष्टमर्टम रिपोर्टपछि भन्न मिल्ला।’

स्थानीयका अनुसार एक वर्ष पहिला पार्वती र उनका श्रीमानको सम्बन्ध विच्छेद भएको थियो।

पार्वतीका तीन छोरा काठमाडौंमै छन्। उनीहरू आएपछि मात्रै शवको पोष्टमर्टम हुने प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]