२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घर जलाएर खरानीको ब्यापार,चुनढुंगा उत्खननको हब बन्दै रुन्टीगढी,सडक सकियो अब सकिदै प्रकृति

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

(नन्दराम खड्का)
रोल्पा । रुन्टीगढी गाउँपालिका चुन ढुंगा उत्खननको हब बन्न थालेको छ।अग्ला पहाड चारैतिर हरियाली र स्वच्छ बातावरण दक्षिणी रोल्पामा अवस्थित रुन्टीगढी गाउँपालिकाको मुख्य विशेषता हुन्।प्रशस्त मात्रामा चुन ढुंगा रहेका रुन्टीगढी गाउँपालिकाभरि हालभरि करिब ३ दर्जनभन्दा बढी चुनढुंगा खानी दर्तामा रहेका छन्।अहिले सोनापुर सिमेन्ट कारखाना दाङले रुन्टीगढी ५ नयाँगाउँमा २ दशकदेखि निरन्तर उत्खनन गरिरहेको छ।सम्राट सिमेन्ट कारखानाले उपल्लो नयाँ गाउँस्थित बर्षौँ उत्खनन गरेर खानी रित्तिएपछि वडा नम्बर ६ मा रहेको रुन्टीगढी गाउँपालिकाकै सबैभन्दा अग्लो(२१,५१)मि.भारत देखिने मुरुल्ले लेकको मुनिबाट उत्खनन गरिरहेको छ।जसबाट करिब ५०० मिटरको दुरीमा मानव बस्ती समेत रहेको छ।त्यस्तै सम्राट सिमेन्ट कारखानाले लगत्तै रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको शिवपार्वती गुफा नजिकै दर्तामा रहेको खानी पनि सञ्चालनमा ल्याउँने तयारी रहेको श्रोत बताउँछ।त्यस्तै निकट भविष्यमै रुन्टीगढी गाउँपालिका भित्रबाट मात्रै दर्तामा रहेका करिब ३ दर्जन बढी चुनढुंगा खानी उत्खननका तयारीमा छन्।हालसम्म सञ्चालनमा रहेका दुईवटा खानीहरुका चुनढुंगा ओसारपसार गर्ने टिप्परहरुले रोल्पा जिल्लाकै मुख्य प्रवेशद्वार तथा छिमेकी जिल्ला प्युठान,रुकुम र सल्यान पुग्ने प्रवेशद्वार घोराही होलेरी शहुदमार्ग कालोपत्रे गरिएको ३ महिनामै पुर्ण रुपले ध्वस्त बनिसकेको छ।जुन सडकमा अहिले यात्रुहरूले जोखिमपुर्ण तथा कष्टकर यात्रा गर्न बाध्य छन्।खानीहरुको सरकारसंगको सम्झौता र उत्खननको मापदण्ड अहिलेसम्म कुनैपनि निकायले गरेको छैन।अर्कोतिर सडकमा गुड्ने चुनढुंगा बोकेका टिप्परहरुले मनपरि लोड बोकेर अन्धाधुन्ध गुड्ने गर्छन्।यसकोपनि कुनै निकायलाई मतलब छैन।चुन ढुंगा ओसारपसारका लागी होलेरी,डुबृङ छिल्लिकोट हुँदै दुध्रास निस्किने औद्योगिक मार्ग संघीय सरकारको करोडौं बजेटले खनियो तर बिचैमा अल्पत्र अवस्थामा छ।रोल्पा जिल्लाको प्रवेशद्वार शहिद मार्गको भविष्य सकिसकेको स्थानिय व्यावसायिहरुको गुनासो छ।यो संगै रुन्टीगढी गाउँपालिका भित्र दर्ता रहेका सबै चुनढुंगा खानी उत्खनन भएपछि प्रकृतिको पुर्ण रुपले विनाश हुने सर्वसाधारणहरुले चिन्ता व्यक्त गरेका छन्।जलबायु परिबर्तन भैरहेको अवस्थामा डाँकाकाडा र प्रकृति दोहनले रुन्टीगढी गाउँपालिका मरभुमि बन्न बेर नलाग्ने स्थानिय समाजसेवी देबेन्द्र बोहराको भनाई छ।यस बिषयमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले भने पहिले देखिनै दर्ता स्विकृति तथा उत्खनन अनुमति दिदै आएको छ।औद्योगिककारणले देशमा आर्थिक स्थिति सुधार तथा रोजगारीको बाताबरण सृजना गर्ने भएतापनि मनलाग्दो तरिकाले खानी दर्ता र उत्खननले भने प्रदुषण तथा दिर्घकालसम्म असर गर्ने स्थानिय सुरेन्द्र के.सीले गुनासो गरे उनले प्रकृति दोहन गरेर समृद्ध बन्ने सपना देख्नु आफ्नै घरमा आगो लगाउएर खरानीको ब्यापार गर्नु सरह रहेको चिन्ता व्यक्त समेत गरेका छन्।मनपरि चुनढुंगा उत्खननले रोल्पा जिल्ला निकट भविष्यमै खण्डहरमा परिबर्तन हुने पक्का छ।यसलाई नियामन गर्न राष्ट्रिय तिन तहकै सरकार गम्भीर बन्नु पर्ने स्थानियहरुको माग रहेको छ।यदि सरकार गम्भीर नबने औद्योगिकरणका नाममा भैरहेको प्रकृति दोहनको प्रतिरक्षामा आफुहरु उत्रने सर्वसाधारणहरुले चेतावनी समेत दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।