२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंज भन्सार एजेन्डहरुले इन्स्पेक्टर भट्टमाथि लगाए गम्भीर आरोप १० हजार महिना नदिएपछी काम बन्द

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

 (रवी बर्णवाल) पर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्रसहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्ष सम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सार सशस्त्र इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिए पछी बिरगंज भन्सार यात्रु शाखामा एका एक काम गर्न रोक लगाएका छन् । जबकि यात्रु शाखा कार्यालयमा भारतबाट सवारी साधनलाई भन्सार एजेन्टद्वारा भारतीय सवारी साधन प्रवेश गर्दा अनिवार्य इन्ट्री वा भन्सार गराउनु नै पर्ने भएकोले भाषा न बुझ्नुकाे कारण एजेन्ट मार्फत नै भन्सार गर्ने गरेका थिए आफु खुसी सय पचास नागरीक हरुले दिने गरेका छन। भारतीय नागरीकलाई समय बढि लाग्नु पर्ने भएकोले एजेन्ट मार्फत नै भन्सार गराउने काम भैरहँदा। आफुहरू १८/१५/१०/१२/कोई ८ कोई ६ वर्ष देखी भन्सार एजेन्टकाे यहाँ काम गरी विदेशी नागरीकलाई समयकाे बचत गरी काम गर्दै गर्दा बिरगंज भन्सार सशस्त्र विओपी इन्स्पेक्टर रविन्द्र भट्टले एजेन्टबाट महिनाको १० हजार पैसा मागे नदिए काम गर्न नदिने जबकी सशस्त्र प्रहरीकाे मातहतको नरहे पनी सशस्त्र इन्स्पेक्टर भट्टले बर्दीकाे आडमा एजेन्टहरुलाई खुलेयाम धम्की दिँदै मानसिक टर्चर गरिरहेका छन। महिनावारी पैसा दिए काम गर्न मिल्ने नदिए काम गर्न नमिल्ने र । काम गरेको खण्डमा समातेर कुटपिट गर्ने गरेका छन्। प्रत्येक व्यक्तिले मासिक १० हजार रुपैयाँ बुझाउनु पर्छ। इन्सपेक्टर भट्टलाई अन्यथा कुटपिट गरी एजेन्टहरुलाई भगाउने काम सुरु गरेका छन्। एजेन्टहरु इन्सपेक्टरबाट पिडित भैसकेका छन । पैसा नदिदा सम्म काम गर्न नदिने आरोप एजेन्टहरुले लगाएको छन । पत्रकारहरुले एजेन्टको भनाई राख्दै गर्दा क्यामरा अगाडिबाट एजेन्टलाई तानेर भित्र लगे एका एक पत्रकारकाे क्यामेरा देख्ने वित्तिकै इन्सपेक्टर रविन्द्र भट्ट आफ्नो अफिस भित्र गेटमा फर्केका थिए । यता यस विषयमा बिरगंज भन्सार सशस्त्र इन्स्पेक्टर रबिन्द्र भट्टसंग कुरा गर्दा यसो भन्छन् । मलाई कम्पिलेन्ट आएपछी जनतालाई मैले ठगन दिन्न सम्बन्धित मान्छे आफै आउछु भन्सार गरेर जान्छ कुनै पनि मान्छेलाई यात्रु शाखा भित्र छिर्न दिन्न काम गर्ने हो हामीले सकियो जनताले यसो भने त्यसो भने कानुन छ । ४/५ जना एजेन्टले अबदेखि हामी गर्दैनौं भनेर सहमति कागज गरेर छोडेको हुम मलाई कम्प्लेन आए पछी भन्सार राजस्वसंग समन्वय गरेर रोकेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]