२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कृष्णा फाउन्डेसन दोश्रो परवानिपुर गोल्डकप २०७९ काे उपाधि यृनाईटेड कलबले हाथ

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९


(ABC-Sanchar) पर्सा । वीरगन्ज कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी वीरगन्ज युनाईटेड क्लब वीरगन्जले हाथ पार्ने सफल भएको छ ।
परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि जितेको हो ।
प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि जितेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए ।
प्रतियोगितामा विजेता वीरगन्ज युनाईटड क्लब वीरगन्जले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो । विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनल ले पुरस्कार वितरण गरेका थिए ।
भने उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए ।
प्रतियोगीतामा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन । यस्तै जनकपुर स्पोर्ट क्लब जनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए ।
जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वीरगन्ज युनाईटेड क्लब वीरगन्जका वेस्ट कोचको पुरस्कार मुना चौचारीले पाए ।
प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी भएको थियो ।
खेलको अन्तिम दिन्मा प्रमुख अथिती पुर्व भौतिक तथा पुर्वाधार मन्त्र जितेन्द्र सोनल , पुर्व वडा अध्यक्ष हबिब मियाँ युवा नेता अलि अख्तर आलम, बिरगंज महानगरपालिका का उपमेयर इमतियाज आलम बारा जिल्ला का प्रमुख जिल्ला अधिकारी लगायत समाज्सेवी हरुको उपस्तिथि रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]