२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

संकटमा पर्दै रोल्पामा परंरागत आरन पेशा,व्यावसायिक बनाउन स्थानिय सरकारले चासो दिएन

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९


(नन्दराम खड्का)
रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ जस्पुर गाउँका ६५ बर्षिय पुर्णलाल बिश्वकर्माले लामो समयदेखि आरन पेशा गर्दै आउँनु भएको छ।आफ्ना पुर्खाले पुस्तौ पुस्ताबाट चलाउदै आएको यस पेशालाई निरन्तरता दिन उहाँलेपनि १३ बर्षको कलिलै उमेरबाट आफ्ना बाउबाजेको सहयोगीको रुपमा बसेर सिक्न थाल्नु भयो।समयसंगै उमेर बढ्दै जाँदा पारिवारिक जिम्मेवारीले बाध्न थाल्यो।त्यतिबेला गाउँघरमा जातिय छुवाछूत चरम बिन्दुमा थियो।पिछडिएको समुदायको भएकाले उहाँले छोएको पानी समेत माथिल्लो जातिहरुले नखाने हुँदा अन्य पेशा रोज्न सक्नु भएन।दुईछाक टार्नकै लागि उहाँले बाउबाजेकै पेशालाई निरन्तरता दिने सिच बनाएर अगाडि बढ्नु भयो।शुरु शुरुमा घरेलु औजारहरु हसिया,खुर्पा,खुकुरी,कुटो,कोदालो पेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेनिर्माण गरिदिए बाफत गाउँलेहरुले हिसाब गरेर धान,गहुँ,मकै जस्ता खाद्यान्न दिने गर्थे।कसैले परिश्रम गरेबाफत ठिकै अन्न दिने गर्दथे भने कसैले सानो जाति भनेर ठग्ने पनि गर्दथे।त्यहीँपनि आफुले छोएको पानी नचल्ने भएपनि आफुले बनाएका औजारहरु ठुलावडाका घरमा मात्रै होईन मन्दिरमापनि प्रयोग भएको देख्दा सन्तुष्ट हुने हुँदा खुसीका शाथ पेशालाई निरन्तरता दिने उर्जा मिलेको उहाँ बताउँनुहुन्छ।अनेकौं समस्याको बापजुट गाउँमै यहीँ पेशालाई निरन्तरता दिदै आउँनु भयो हाल ५ बर्ष यताबाट व्यावसायिक रुपमा आरन पेशालाई निरन्तरता दिने होलेरी बजारबाट कामको शुरूवात भयो तर फलामलाई साररिक परिश्रम र बल खर्चेर आकार दिन त्यति सजिलो भने छैन।आधुनिक र विद्युतिय युगमापनि दिनभरी फलाम चुट्दा उमेरका कारण शरीर दुख्ने र परिश्रम अनुसार कमाईपनि नहुने दुखेसो सुनाउनु भयो।स्थानिय सरकारले आवश्यक उपकरण दिन सके आफुहरुलाई सहज हुने बिश्वकर्माको भनाई रहेको छ।पुरानै प्रबिधिबाट काम गर्दा दिनभरिको कमाईले साझ बिहानको छाक टार्न हम्मेहम्मे परिरहेको उहाँले बताउँनुभयो।स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले भने आफुहरु जस्तो निम्नस्तरको पेशाकर्मीहरुको मर्म बुझ्नुको सट्टा कुनैपनि चासो नदिएको उहाँको गुनासो रहेको छ।पहुँच नहुनेहरुलाई स्थानिय सरकारले नहेर्ने र पेशालाई निरन्तररता दिन नसकिने बाध्यता रहेको अन्य आरन व्यावसायिको समेत भनाई रहेको छ।यसरी दलित समुदायको परंरागत पेशालाई संरक्षणमा सरकारले ध्यान नदिने हो भने आरन पेशा संकटमा पर्ने उनिहरुको चिन्ता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]