२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

महोत्तरीमा मिटरब्याजी विरुद्ध पदयात्रामा पीडितहरु

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

(ABC-Sanchar) महोत्तरी । सिरहा मिर्चैयाकी ममता रायले ४ वर्षअघि आफ्नै मिल्ने साथीसँग २ लाख रुपैयाँ ऋण लिइन् । त्यसबापत उनले जग्गा दृष्टिबन्धक राखेकी थिइन् । साथी सुजता साहसँग ऋण लिएको रकमको तमसुक पनि बनाएकी थिइन् ।

तीन गुना रकम तिर्ने सम्झौताको तमसुक देखाउँदै उनले सुजतालाई ३५ लाख रुपैयाँ दिइसके पनि ऋण नसकिएको बताइन् । दृष्टिबन्धक राखेको आफ्नो बजार क्षेत्रको ६ धुर र माइतीको १० धुर जग्गासमेत लिएर सुजताले अरूलाई बिक्री गरिसकेकाले अन्यायमा परेको उनले बताइन् ।

आफ्नै साथीबाट धोका पाएपछि राय अहिले मिटरब्याजीविरुद्धको आन्दोलनमा सहभागी छिन् । मिटरब्याजीविरुद्ध सुरु भएको बर्दिबासबाट काठमाडौंसम्मको पैदल यात्रामा रायले १४ वर्षकी छोरीलाई पनि साथै लिएर हिँडेकी छन् । ऋण नतिरेको भन्दै छोरीलाई समेत बलात्कार गर्ने धम्की विभिन्न समूहबाट पाएपछि उनले ५ कक्षामा पढ्ने छोरीलाई ८ महिनादेखि विद्यालय पठाउन नसकेको भक्कानिँदै सुनाइन् । ‘मेरो परिवार हाँसीखुसी चलिरहेको थियो,’ ममताले भनिन्, ‘साथीले धोका दिएपछि आँसु पिउँदै न्यायका लागि भौतारिएकी छु ।’ वैदेशिक रोजगारीका लागि श्रीमान् कतारमा रहेकाले छोरा माइतीमा छाडेर आन्दोलनमा हिँडेको उनले बताइन् । अब काठमाडौं पुगेर न्याय पाएर मात्रै फर्किने उनको अठोट छ । सिरहा औरही गाउँपालिकाका मनोजकुमार पासवान पनि मिटरब्याजीविरुद्धको आन्दोलनमा छन् । बुबालाई वैदेशिक रोजगारीमा जान ५० हजार रुपैयाँ ऋण दिने गाउँकै हरिनन्दन यादवले आफ्नो सबै सम्पत्ति हडपेको उनको आरोप छ । साहुले ७ कट्ठा जग्गा हडपेपछि घरबारविहीन बनेका उनले सरकारले न्याय दिनुपर्ने मागसहित काठमाडौं हिँडेको बताए कान्तिपुर।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]