२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महोत्तरीमा मिटरब्याजी विरुद्ध पदयात्रामा पीडितहरु

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

(ABC-Sanchar) महोत्तरी । सिरहा मिर्चैयाकी ममता रायले ४ वर्षअघि आफ्नै मिल्ने साथीसँग २ लाख रुपैयाँ ऋण लिइन् । त्यसबापत उनले जग्गा दृष्टिबन्धक राखेकी थिइन् । साथी सुजता साहसँग ऋण लिएको रकमको तमसुक पनि बनाएकी थिइन् ।

तीन गुना रकम तिर्ने सम्झौताको तमसुक देखाउँदै उनले सुजतालाई ३५ लाख रुपैयाँ दिइसके पनि ऋण नसकिएको बताइन् । दृष्टिबन्धक राखेको आफ्नो बजार क्षेत्रको ६ धुर र माइतीको १० धुर जग्गासमेत लिएर सुजताले अरूलाई बिक्री गरिसकेकाले अन्यायमा परेको उनले बताइन् ।

आफ्नै साथीबाट धोका पाएपछि राय अहिले मिटरब्याजीविरुद्धको आन्दोलनमा सहभागी छिन् । मिटरब्याजीविरुद्ध सुरु भएको बर्दिबासबाट काठमाडौंसम्मको पैदल यात्रामा रायले १४ वर्षकी छोरीलाई पनि साथै लिएर हिँडेकी छन् । ऋण नतिरेको भन्दै छोरीलाई समेत बलात्कार गर्ने धम्की विभिन्न समूहबाट पाएपछि उनले ५ कक्षामा पढ्ने छोरीलाई ८ महिनादेखि विद्यालय पठाउन नसकेको भक्कानिँदै सुनाइन् । ‘मेरो परिवार हाँसीखुसी चलिरहेको थियो,’ ममताले भनिन्, ‘साथीले धोका दिएपछि आँसु पिउँदै न्यायका लागि भौतारिएकी छु ।’ वैदेशिक रोजगारीका लागि श्रीमान् कतारमा रहेकाले छोरा माइतीमा छाडेर आन्दोलनमा हिँडेको उनले बताइन् । अब काठमाडौं पुगेर न्याय पाएर मात्रै फर्किने उनको अठोट छ । सिरहा औरही गाउँपालिकाका मनोजकुमार पासवान पनि मिटरब्याजीविरुद्धको आन्दोलनमा छन् । बुबालाई वैदेशिक रोजगारीमा जान ५० हजार रुपैयाँ ऋण दिने गाउँकै हरिनन्दन यादवले आफ्नो सबै सम्पत्ति हडपेको उनको आरोप छ । साहुले ७ कट्ठा जग्गा हडपेपछि घरबारविहीन बनेका उनले सरकारले न्याय दिनुपर्ने मागसहित काठमाडौं हिँडेको बताए कान्तिपुर।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]