२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु २ जना घाइते

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

(ABC-Sanchar)
दाङ । घोराहीमा आईतवार बेलुका मिनी ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३००१ क ०१६९ नम्बरको मिनी ट्रकले घोराही लमही सडक खण्डको कुइरेपानीमा प्रदेश ०२०६१ प ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार प्युठान नौवहिनी गाँउपालिका ६ का ३२ वर्षका राजन केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
दुर्घटनामा निजकी श्रीमती २६ वर्षकी सन्ध्या केसी र २ वर्षकी छोरी राष्टीयता केसी गम्भिर घाइते भएको छन् । घाइतेको दुवैजनाको घोराी स्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]