०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रधानमन्त्री पुष्पकमल दाहाललाई गठबन्धनमा मन्त्रालय बाँडफाँटमा समस्या

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

 (ABC-Sanchar) काठमाडौँ । संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको अनुपातभन्दा धेरै दाबी गरेकाले भागबन्डामा सकस भइरहेको नेताहरूले बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । प्रधानमन्त्री दाहालले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । माओवादीका एक नेताका अनुसार यस प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दलले चित्त बुझाएका छैनन् ।
कुन मन्त्रालय लिने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ । एसले गृह मन्त्रालयमा दाबी गरेको छ । माओवादी अर्थ र गृहमध्ये एउटा नछाड्ने मनस्थितिमा छ । कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । रास्वपा अहिले नभए उपनिर्वाचनपछि सरकारमा जाने तयारीमा छ । उपप्रधानमन्त्रीका आकांक्षी पनि धेरै देखिएका छन् । ‘उपप्रधानमन्त्री नै नराख्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ गठबन्धनका एक नेताले भने, ‘कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेले उपप्रधानमन्त्री राख्ने/नराख्ने तय हुन सक्छ ।’ अहिले माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री छन् ।

विश्वासको मत दिएका सबै दललाई मन्त्रिपरिषद्मा समेट्ने तयारी भइरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । प्रधानमन्त्री दाहाललाई माओवादीका साथै कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसद सिंहले विश्वासको मत दिएका छन् ।

चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जान तयार छन् । ‘तर अनौपचारिक छलफलमा ठूलो संख्यामा दाबी आएकाले सबै दललाई चित्त बुझाएर लैजाने चुनौती पनि छ,’ उनले भने ।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले मन्त्रालय भागबन्डाबारे अहिलेसम्म औपचारिक छलफल नभएको र संख्या दाबी पनि भई नसकेको बताए । ‘विश्वासको मत प्राप्त गरेलगत्तै संघ र प्रदेश सरकार पुनर्गठन गर्ने सहमति भएको हो । त्यहीअनुसार अब छलफल अघि बढ्छ, त्यसपछि कसको कति दाबी भन्ने थाहा हुन्छ,’ उनले भने । प्रधानमन्त्री दाहालले पनि केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । ‘मंगलबार बिहान सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जुन–जुन दलहरूसँग हाम्रो गठबन्धन, सहमति भएको छ, सबैसँग बसेर २/४ दिनभित्रमै टुंग्याउने विचार छ,’ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै दाहालले सञ्चारकर्मीमाझ भने, ‘अब आरामसँग सरकार चल्छ । विकास, निर्माणको कामले गति लिन्छ ।’ अहिले प्रधानमन्त्री एक्लैसँग १६ मन्त्रालयको जिम्मेवारी छ ।

देउवा निवासमा आकांक्षीको भीड

माओवादीसँगको गठबन्धन ब्युँतिएदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासको दृश्य बदलिएको छ । तत्कालीन गठबन्धन पुस १० मा टुटेपछि ‘सन्नाटा’ छाएको देउवा निवासमा अचेल बिहानैदेखि मन्त्रीका आकांक्षी र उनीहरूको ‘लबिइङ’ मा रहेका नेता–कार्यकर्ताको भीड लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!