०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बुटवल-नारायणगढ सडकमा जाम सयौँ सवारीसाधनहरु अलपत्र

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

 (ABC-Sanchar) चितवन । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने बुटवल नारायणगढ सडक खण्डको पूर्वी नवलपरासीमा सयौँ बस अलपत्र परेका छन् । सोमबार राति परेको अविरल वर्षाले सडक बिग्रिँदा यातायात सुचारू हुन सकेको छैन ।

सोमबार राति करिब १२ बजेतिर मध्यविन्दु नगरपालिका डन्डा नजिकै मालवाहक ट्रक फसेको थियो । फसेको ट्रक बिहान १० बजे निकालेपछि सुचारू भएको सडक फेरि अवरुद्ध भएको छ ।

अहिले फेरि चोरमारामा गाडी बिग्रिएर बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी सन्तोष पाठकको भनाई छ ।

‘हिजो परेको ठूलो पानीले रातो माटोमा गाडी चिप्लिएका छन् । हिजोदेखि रोकिएका गाडी विस्तारै पास हुँदै थिए । फेरि बाटो अवरुद्ध भएपछि गाडीको बाटोमा लाइन लागेको छ’, उनले भने । सडक अवरुद्ध हुने बित्तिकै खुलाउन सम्बन्धित पक्षले चासो दिँदैनन् ।

सडकमा १२ घण्टासम्म यात्रु थुनिँदा पानीसमेत खाना पाएका छैनन् । सडकमा २० किलोमिटरभन्दा लामो गाडीको लाइन छ । ४ वर्षअगाडिदेखि ६ लेन निर्माणाधीन ११४ किलोमिटर यो सडक कतिबेला कहाँ बन्द हुन्छ पत्तै हुँदैन ।

जसले गर्दा काम विशेषले राजधानी काठमाडौँ जाने र काठमाडौंबाट पश्चिम आउने यात्रुले अहिले ठूलो सास्ती बेर्होन बाध्य छन् । अहिले यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टासम्म लाग्ने गरेको छ । चार वर्ष अहिले जम्मा २५ प्रतिशत मात्र काम भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!