०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

नागरिकसँग मिलेर काम गर्न प्रहरीलाई निर्देशन : नयाँ प्रहरी निरिक्षक : सिंह

Logo
प्रकाशित बिहिबार, चैत्र ०९, २०७९

 (बिदुर एमसी)
दाङ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल बहादुर सिंहले नागरिकसँग मिलेर काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।
केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाण्डौंबाटमा इलाका प्रहरी कार्यालय भालुवाङमा प्रमुखको रुपमा आएका प्रहरी निरिक्षक सिंहले बुधवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
पछिल्लो समय केहि उच्च पदमा रहेका प्रहरी तथा जवानबाट नागरिकहरुमा गरिने व्यवहारको आलोचना भइरहेका बेला प्रहरी निरिक्षक सिंहले भने आफुबाट नागरिकहरुलाई गरिने व्यवहारमा सुधार ल्याउने बताएका छन् । उच्च ओहोदाका व्यक्ति होस् या निम्न वर्गका व्यक्ति होस् म र मेरो संगठनले समान व्यवहार गर्ने उनले बचन वद्धता व्यक्त गरेका छन् । त्यस्तै उनले प्रहरीले गर्नुपर्ने कार्य कानुन बमोजिम गर्ने बताउँदै पत्रकारहरुले उठाएका समस्याहरुको सम्बोधन गर्ने बताएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरुले राप्ती गाउँपालिका क्षेत्रमा बढ्दो लागु औषध, चोरी, काठ तस्करी, सडक दुर्घटना, राप्ती नदी दोहन लगायतका विषयमा जानकारी गराएका थिए । प्रहरीलाई मिडियामैत्री बन्न सुझाव समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!