२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ईप्रका भालुवाङले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र ०९, २०७९

ABC (क्राईमबिट) दाङ । साबिक लालमटिया गा.वि.स.वडा नं. ३ हाल राप्ती गाउँपालिका वडा नं.१ भालुबाङ निवासी मोहम्मद अमर मुसलमान भन्ने मोहम्मद अमिरलाई १३ वर्षपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

अमिरलाई कर्तव्य ज्यान सम्बन्धि कुसरमा कपिलवस्तु जिल्ला अदालतले २०६६ साल वैशाख ८ गते २० बर्ष कैद फैसला सुनाएको थियो । फरार रहेका अमिरलाई इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले बुधबार राप्ती गाउँपालिका वडा नं. १ भालुवाङस्थित लुकीछिपी बसि रहेको अवस्थामा पक्राउ गरेको थियो ।

अमिरलाई पक्राउ गरी जिल्ला अदालत दाङमा पेश गरीएको हो । जिल्ला अदालत दाङले अमिरलाई कैद भुक्तानका लागी जिल्ला कारागार घोराहीमा पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]