०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

९ उच्च प्रहरी अधिकारी आज संगठनबाट बिदा हुँदैछन्

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९

ABC (क्राईमबिट)                                                      नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित ९ उच्च प्रहरी अधिकारी आज संगठनबाट बिदा हुँदैछन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंहसहित तीन एआईजी, तीन डीआईजी र दुई एसएसपी बिदा हुने भएका हुन् ।

२०४९ चैत ११ गते एकसाथ प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका आईजीपी सिंह, एआईजीहरू सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियार अवकासमा जान लागेका हुन् ।

उनीहरूलाई अपराह्न ४ बजे बिदाइ गर्ने तयारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारले आजै भावी आइजीपी नियुक्त गर्नेछ । त्यसका लागि अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

भावी नेतृत्वका लागि ५ एआईजी प्रतिस्पर्धामा छन् । केही दिनअघि मात्रै एआईजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन् । सरकारले उनीहरूमध्येबाट एक जनालाई आईजीपी बनाउने छ ।

आजै भावी नेतृत्व तय हुने भएकाले उनैलाई जिम्मेवारी हस्तान्तरण गरेर सिंह बिदा हुनेछन् । सिंह २०७९ वैशाख १८ गते आईजीपीमा बढुवा भएका थिए । उनले ११ महिना प्रहरी संगठनको नेतृत्व गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!