०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुको औचित्य छैन : नेकपा एमाले अध्यक्ष ओली

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९

(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै औचित्य नरहेको बताएका छन् । भैंसीको अगाडि बीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेकोसमेत उनले टिप्पणी गरे ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारले आफूहरुले दिएको सुझावको मतलब नै नराख्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बझाए, भैँस रहे पगराए भने जस्तै छ । भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन ।’ उनले अहिलेको सरकारलाई सुझाव दिने कुरा र हिजो लुटेर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फस्र्योट गर्नु एउटै भएको समेत बताए ।

ओलीले भने, ‘५०/५३ प्रतिशत त लुटेकै छ नि त । स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म । त्यसलाईं संरक्षण दिनुपर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र यसमाथि भ्रष्ट हस्तक्षेप नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्र भएको छ । त्यसलाई रोक्नु पर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!