०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रदेश नम्बर १ को ठाउँ-ठाउँमा मसाल जुलुस,मुख्यमन्त्री कार्कीको पुतला दहन

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९

(ABC-Sanchar) काठमाडौं । प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट नेता पदम लिम्बू ‘लाजेहाङ’को निधन भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् ।

यसबीच, पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै शुक्रबार साँझ काठमाडौंसहित प्रदेशका जिल्ला विरोधसभा गरेको छ ।

उनीहरुले ठाउँ-ठाउँमा मसाल जुलुस र कोशी नाममा समर्थन गर्ने सांसदहरुको पुत्ला दहन समेत गरेको छ । संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभा सदस्य राम रानाको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेका छन् ।

लाजेहाङको उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको थियो । त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
काठमाडौंस्थित माईतीघरको विरोध सभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरुले लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्कीले लिनुपर्ने बताएका छन् । भने वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीसमेत लिनुपर्ने उनीहरुको भनाई छ ।

लाजेहाङको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न उनीहरुले जोडदार माग गरेका छन् ।

यस्तै, मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट शुक्रबार बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने संघर्ष समितिले जनाएको छ ।

समितिले संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने भएको छ । लाजेहाङको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने पनि निर्णय गरेको छ । यस्तै, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!