०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

वैदेशिक रोजगार विभागमा आक्रमण पछी तारा बराल हेलमेटमा पत्रकार सम्मेलन गर्दै

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

(ABC-Sanchar) काठमाडौँ । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरूको न्यायका लागि आफूहरू वैदेशिक रोजगार विभागमा जाँदा कुटाइ खानुपरेको बताउँदै हेल्मेट लगाएर पत्रकार सम्मेलन गरेकी छिन्।

पीडितहरूको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भए पनि पीडितको गुनासो कसैले पनि नसुनेको बताइन् । वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरू छन् । तर, पीडितहरूको सुनुवाइ गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यति धेरै निकाय हुँदा पनि किन यति धेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन ।

वैदेशिक रोजगार विभागमा पत्रकारहरूको क्यामेरासमेत लुटपाट भएको उनले बताइन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरू म्यानपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!