०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपाल प्रहरीका ३० औ नयाँ आइजिपी बसन्त कुँवरलाई घुमुवाको चुनौती किन?

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

ABC (क्राईमबिट) जनकपुरधाम । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयमा काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन केही जिल्लाका एसपीले उनी त्यहाँ हुँदासम्म पनि पालना गरेनन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको डीआइजीको कमाण्ड सम्हाल्नासाथ गएको माघमा कुँवरले मधेश प्रदेशमा बर्षौदेखि काजमा कार्यरत घुमुवालाई दरबन्दीमा फिर्ता गर्न निर्देशन दिएका थिए । तर धनुषा, रौतहट र बारा जस्ता जिल्लामा दसौं बर्षदेखि कार्यरत घुमुवालाई काजफिर्ता गर्न जिल्लाका एसपीले अटेर गरेका थिए । कुँवर शुक्रबार आइजीपी नियुक्ति भएका छन् ।

विगतमा उनले जिल्लामा कार्यरत त्यस्ता बदनाम घुमुवालाई काजफिर्ता गराउन दिएको निर्देशन भने अझै पनि जिल्लाका प्रहरी प्रमुखहरुले कार्यान्वयन गरेका छैनन् । तस्करदेखि नदी दोहन गर्नेहरुसँग साँठगाँठ भएका र हाकिमहरुलाई खुसी पार्दैआएका ती घुमुवाहरुलाई फिर्ता गर्न एसपीहरुले नै फिर्ता गर्नबाट रोकिरहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले कोशी प्रदेशको उदयपुरमा दरबन्दी भए पनि बर्षौदेखि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) बब्लु ठाकुरलाई दरबन्दीमा फिर्ता नपठाई राखेका छन् । उदयपुर दरबन्दी भएका ठाकुरलाई काजफिर्ता गर्न २ महिनाअघि तत्कालीन डीआइजी बसन्त कुँवर(हाल आइजीपी)ले दिएको निर्देशन पनि उनले पालना नगरी उनलाई जिल्लामै घुमुवाहरुको पनि इन्चार्ज बनाएर राखेका छन् । सई ठाकुुरले असईमा जागिर प्रवेश गरेदेखि धनुषा छाडेका छैनन् । धनुषाका एसपी विश्वराज खड्काले तस्कर र चेक बाउन्सदेखि विभिन्न केसमा डिल गर्ने र घुमुवा खटाउने अधिकार नै उनलाई दिएका छन् । मातहतका चौकीका सईसम्म इन्चार्ज हुने ठाउँबाट समेत मासिक उठाउने काम उनले गर्दैआएको आरोप छ ।

त्यसैगरी, रौतहट जिल्ला प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ सई सुरेन्द्र साह सुडी पनि बर्षौदेखि काजमै कार्यरत छन् । बागमती प्रदेशको धादिङमा दरबन्दी भएका सुडीले रौतहट जिल्ला प्रहरी मातहतका सईसम्म दरबन्दी भएका चौकीमा सेटिङ मिलाएर खटाउने गरेका छन् । सिपाहीदेखि सईसम्म खटाउँदा उनले दररेट तोकेर लिने गरेको आरोप छ । बोर्डरका चौकीमा सिपाही हवल्दार खटाउँदा पनि उनले घुस लिने गरेका छन् दृष्टि ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!