२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

हाम्रो मुलुकको लोकतन्त्र कति बलियो ?

Logo
प्रकाशित आइतबार, चैत्र १२, २०७९

(नन्दराम खड्का)
रोल्पा । राज्य सत्ता सञ्चालन गर्ने ब्यबस्था मध्य अत्यन्त उत्तम ब्यबस्था लोकतान्त्रिक ब्यबस्था मानिन्छ।यसलाई अङ्ग्रेजीमा `डेमोक्रेसी´ भनिन्छ।ग्रीस भाषामा डेमो भनेको जनता क्रेसी भनेको शासन भन्ने अर्थ हुन्छ।यदि जनताद्वारा सरकार प्रमुखलाई मात्र चुनिन्छ भने त्यो प्रजातान्त्रिक ब्यबस्था हो।जुन ब्यबस्था नेपालमा २००७ पछिको क्रान्तिले ल्याएको थियो।बि.पि कोइराला २०१५ शालका जनताबाट प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री सरकार प्रमुख बनेका थिए।यदि सरकार प्रमुख सहित राष्ट्र प्रमुखलाई पनि जनताद्वारानै चुनिन्छ भने त्यस्तो शासन ब्यबस्थालाई लोकतान्त्रिक गणतन्त्र ब्यबस्था भनिन्छ।लोकतन्त्रको परिकल्पना ग्रीसका क्सेस्थिन्स मामक ब्यक्तिले ३०० इसा पुर्व अगाडि गरेका थिए।उनलाई लोकतन्त्रको पितापनि भन्ने गरिन्छ।उनले लोकतन्त्रलाई प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई भागमा बिभाजन गरेका छन्।प्रत्यक्ष लोकतन्त्र भएको मुलुकमा समाज वा देशको कुनैपनि बिषयमा प्रत्यक्ष सहभागी भएर छलफल गरि निर्णय गर्ने ब्यबस्थालाई प्रत्येक्ष लोकतन्त्र भनिन्छ।यो अत्यन्तै कम जनसंख्या र सानो ठाउँका लागि मात्रै संभव हुने गर्छ।जनताको प्रत्यक्ष उपस्तिथि नरहेर देशको कुनै बिषयमा छलफल गर्न जनताले चुनेको प्रतिनिधिहरुलाई पठाउने ब्यबस्थालाई अप्रत्यक्ष लोकतन्त्र भन्ने गरिन्छ।अहिले भुगोल र जनसंख्याको हिसाबले हाम्रो मुलुल अप्रत्यक्ष लोकतान्त्रिक गणतन्त्र ब्यबस्थामा छ।
प्रजातन्त्रिक ब्यबस्थामा जनताले जनताकै छोराछोरीलाई राष्ट्र प्रमुखको रुपमा चुन्न सक्दैनन् भने लोकतन्त्रमा जनताले जनताकै छोराछोरीलाई राष्ट्र प्रमुखको रुपमा चुन्न्न सक्छन्।नेपालको संविधान २०७२ बमोजिम नेपाल संघीय गणतान्त्रिक मुलुक हो।२०६२/०६३ अघि नेपालको राष्ट्र प्रमुखका रुपमा बंशिय राजा रहन्थे भने त्यस यता रामबरण यादब,बिद्यदेबी भण्डारी र अहिले रामचन्द्र पौडेल राष्ट्र प्रमुख बनिसका छन्।
लोकतान्त्रिक ब्यबस्थामा संविधानलेनै देशको मार्गनिर्देशन गर्छ।सरकार प्रमुख मात्र नभएर राष्ट्र प्रमुख समेत संविधान भन्दा तल हुने गर्दछन।तर प्रजातान्त्रिक ब्यबस्था मात्र भएको मुलुकमा भने राष्ट्र प्रमुख संविधानभन्दा माथि हुने गर्छ।जापान बेलायतमा प्रजातान्त्रिक ब्यबस्था छ।उदाहरणका लागि जापान र बेलायत प्रजातान्त्रिक मुलुक हुन।त्यहाँ राष्ट्र प्रमुखको रुपमा बंशिय रजा रहने गर्दछन।भने सरकार प्रमुखका रुपमा जनताका छोराछोरी चुनिन्छन।त्यहाँ राजा संविधान राजा संविधानभन्दा माथि हुने गर्दैछन्।उनिहरुलाई हटाउन मिल्दैन।लोकतान्त्रिक मुलुकमा सर्वसाधारण जनतालाई सबैभन्दा केन्द्रमा राखिन्छ।अझ तत्कालीन अमेरिकन राष्ट्रिपति अब्र्हाम लिंकनले त जनता द्वारा,जनतालेनै,जनताकै भनेर सुन्दर परिभाषा थपेका छन्।यसरी हेर्दा नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्र ब्यबस्था भएको मुलुक हो।समयको कालखण्डसंगसंगै नेपालीहरुकै बलिदानबाट जहानिय राणा शासन,बंशिय राजा शासन फालेर लोकतन्त्र स्थापना गरिएको छ।तर नेपालमा सधै राजनैतिक अस्थिरता अराजकताले जनताले लोकतन्त्रको महशुस गर्न पाएका छैनन्।नेपालका धेरै जनताहरु दुई छाक टार्न कालापार र खाडी जान बाध्य छन् र कतिले देशमै मज्दुरी गरिरहेका छन्।तर सत्ताका वरीपरी घुम्ने र तिना नातागोताहरु भने सम्पन्न छन्।अर्थात उनीहरु कामै नगरी मस्तिको जिवन बिताईरहेका छन्।ट्रास्पेरिन्सी इन्टरनेश्नलले सन २०२२ तयार पारेको प्रतिवेद अनुसार नेपाल भ्रष्टाचार गर्ने देशहरू मध्य १२२ औं स्थानमा पर्छ।तथ्यांकलाई आधार मान्ने हो भने नेपाल भ्रष्टाचार उन्मुख छ।भ्रष्टाचार लोकतन्त्रलाई असफल र कम्जोर बनाउने एक कारण हो।मुलुकमा परिबर्तनका नाममा पटकपटक आन्दोलन भए क्रान्ति भए,हजारौं मारिए ज्यान गुमाए।ब्यबस्था त फेरि तर अवस्था भने फेरिन सकेन।भुपरिबेष्ठित मुलुक भएकाले यो भौगोलिक बिकट्ताले भरिपुर्ण छ।बर्षौँ पहिले राणाहरु र राजाहरुका पालामा डोकोमा बोकेर बिरामी अस्पताल लगिन्थ्यो होला तर मुलुकमा लोकतन्त्र आएको बर्षौँ बितिसक्दा समेत दुर्गमका गाउँहरुमा स्टेचर अभावमा डोकोमै बिरामी बोकेर बिरामी अस्पताल पुर्यानुपर्ने बाध्यता छ।बिद्युत र प्रविधिको उच्च बिकास भसक्दा पनि देशका धेरै गाउँहरु अध्यारोनै छन।संविधानलेनै शिक्षा,स्वास्थ्य जस्ता कुराहरु निशुल्क भनेपनि गरिब परिवारका बालबालिकालाई उच्च शिक्षा पढ्न गाह्रो छ।बिरामी पर्दा सिटामोल खानै मुस्किल छ।दल र नेताहरू सत्तामा पुग्नकालागि हानथाप गर्ने गर्छन्।महङ्गीले आकाश छोइरहेको छ।दिनभरी मज्दुरी गर्नेहरुले पाउने पारिश्रमिकले साझ चुलोमा आगो नबल्ने स्थिति छ।देश ऋममा डुबेको छ।किसानले उत्पादन गरेको तरकारी भाउ नपाएर बाटोमा फाल्नु पर्ने स्थिति छ।बेरोजगारी बढिरहेको छ।तर लोकतान्त्रिक मुलुकमा नेताहरूका लागि जनता भन्दा सत्ता प्यारोहुने गरेको छरपस्ट देखिदै आएको छ।केहि राजनैतिक दलहरुले राजा फर्काउनु पर्ने दमदार माग राख्दै आएका छन्।लोकतन्त्रवादीहरुले जनतालाई मुख्य केन्द्रमा राख्न छोड्दै जाने हो भने एक दिन लोकतान्त्रिक ब्यबस्था पतन भएर नजाला भन्न सकिन्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।