
(रोशन कुमार निधि)
पर्सा । कालिकामाई गाउँपालिका वडा नाे.१ तिनडुबिया बस्ने अनदाजी बर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नो घरमा लागूऔषध चरेस लुकाईछिपाई राखेको सूचना प्राप्त को आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया बाट प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा खटिएकाे प्रहरीले कानुनी रित पुर्याई १३ गते रातिको २:३० बजे
निजको घरकोढ़ा खान तलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनि पहेंलो र कालो पलासटिकले बेरिएकाे ५०० ग्राम को २० पोका गरि जम्मा ९ केजि ८०० ग्राम लागू औसध चरेस बरामद गरि नियन्त्रणमा लिई पर्सा जिल्ला अदालत बाट ४ दिन्को थप म्याद लिई अनुसन्धान कार्य भैरहेको पर्सा जिल्ला प्रहरी कार्यालय का प्रव्क्ता प्रहरी नायब निरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको हो।