२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मोटरसाइकल मोडिफाई गर्ने र तीब्र गतिमा चलाउने माथि कार्वाही सुरु प्रमुख : भुसाल

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९


(सागर थापा )
दाङ । तुल्सीपुरमा विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको तुल्सीपुर ट्राफिक प्रहरीले कार्वाही तीब्र सुरु गर्न थालेको छ । ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथी यो कार्वाही गर्न थालेको दाङ तुल्सीपुर ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरका ट्राफिक प्रमुख तिर्थ राज भुसालले जानकारी दिएका छन् । उहाँको अनुसार मोटरसाइकल हर्न साइलेन्सर स्टिकर रंगरोगन इत्यादि जस्तो किर्या कलापलाई रोक्न तुल्सीपुर ट्राफिक प्रहरीले यो अभियान थालेको हो । यस्ता किर्या कलापले गर्दा सवारी दुर्घटना र अपराधीक गतीबिधीमा वृद्धि हुने भएकोले यसको रोकथामको लागि ट्राफिक प्रहरीहरुले यो चेकजाँच र कार्वाहीमा बढी ध्यान दिएको ट्राफिक प्रमुख भुसालले बताए यस्तो कार्य गरेको पाएमा कार्वाही थालेको र मोटरसाइकल मोडीफाई गर्ने मिस्टरी र सवारी साधन माथि कडा निगरानी समेत राख्दै आएको बताएका छ्न । त्यस्ता ब्यक्तिलाई कार्वाही गरि मोटरसाइकल नियन्त्रणमा समेत लिएको पनि बताए। कयौं मोटरसाइकल चालक त चेक जाजको क्रममा फरार हुने पनि बताए । दाङको तुल्सीपुरमा पनि शान्ति सुरक्षालाई मध्यनजर गरि सन्चालनमा आइरहेकोे शान्ति सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना र अपराधीक किर्याकलाप न्यूनीकरणको आधारमा यो अभियान थालेको पनि बताउनु भएको छ । अरु क्षेत्र भन्दा सुरक्षामा अलि बढी ध्यान दिनु पर्ने आवश्यकता रहेको कारण आफुहरु यस्मा बढी केन्द्रित रहि कार्यक्रम अगाडि बढाउदै गरेको तुल्सीपुर ट्राफिक प्रमुख भुसालले बताए । पहिलेको तुलनामा यस्ता ट्राफिक नियमको उलंघन सवारी दुर्घटना र अपराधी गतीबिधी जस्ता कार्यमा कमी आए यस अभियानमा हामी सबैले साथ दिनु अवस्यक रहेको ट्राफिक प्रहरीलाई साथमा साथ सयोगको अपेक्षा तुल्सीपुर ट्राफिक प्रमुख भुसालले गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।