०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

गोलबजार नगरपालिका : मेयर श्रेष्ठमाथि कालोमोसो दल्ने १ जना प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९

(सुरेन्द्र दास) सिरहा । गोलबजार नगरपालिका मेयर श्याम कुमार श्रेष्ठमाथि मोविल छ्यापेको आरोपमा एक जना पक्राउ परेको छ। प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका आर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोविल छ्यापेका हो।मेयर श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोविल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए। उनले भने, ‘मेयर गाडीमा चड्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडी भित्र पसेकोमात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएर, एकजनालाई समाएँ अर्को भने भाग्न सफल भयो।’
मोविल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी (वहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ। पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँ पालिका १ का साविसरण महरा रहेको बताईको छ। प्रहरीले भने खटनाको पुष्टि गरेपनि विवरणहरु आउन बाँकी रहेको जनाए।
पक्राउ परेका महरालाई गोलबजार नगरपालिकाको प्रशाकिय अधिकृतको कार्यकक्षमा प्रहरी नियन्त्रमा राखिएको छ। कार्यकर्ताको भिडभाड रहेकाले प्रहरीले कार्यालय लान सकिरहेको छैन।
उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठलाई लगुवित्त मार्फत गरिव जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकार्वाही गरको उल्लेख गरिएको छ।
पर्चामा फर्जि कागज बनाई गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानीक तरिकाले नदिको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र हाम्रा नेता कार्यकता विरुद्ध सुराकी गरेकोले जनकार्वाही गरेको उल्लेख गरेको छ।
जिल्लमा जनप्रतिनिधीमाथि मोविल छ्यापेको पहिलो घटना हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!