०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

८ दलको गठबन्धनको बैठक सकियो मन्त्रालय भागबण्डा कुन दललाई कति ?

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

(ABC-Sanchar) काठमाडौँ । गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागबन्डा टुङ्ग्याएका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको एक नेताले जानकारी दिए ।

गठबन्धन बैठकमा काँग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २-२ मन्त्रालय दिने सहमति भएको छ ।

त्यस्तै लोसपा, नागरिक उन्मुक्ति, जनमतलाई १-१ मन्त्रालय दिने सहमति भएको छ । २ मन्त्री र एउटा राज्यमन्त्रीको विषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताइएको छ ।

अब सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको दिएपछि मन्त्रीहरूको शपथ हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!