०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

ठगी गरेको आरोपमा पूर्वराजदूत पत्नी पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९


ABC (क्राईमबिट) काठमाडौँ । ठगी आरोपमा प्रहरीले रेणु कुमारी थापा (बस्न्यात) लाई पक्राउ गरेको छ । आरोपी पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यातकी पत्नी हुन् । रोक्का भैसकेको जग्गाको बैन लिएर ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । आरोपीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पीडितको जाहेरका आधारमा उनलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताए ।

आरोपीले ठिमीमा रहेको १ रोपनी चार आना जग्गा रामेछापका भुवन विक्रम घिमिरेलाई बेच्ने भनेर ७५ लाख रूपैयाँ बैना लिइन् । २०७६ माघमा सो जग्गा किनेबेच गर्ने सहमति भएको थियो । त्यसपछि घिमिरेले ७ फागुनमा ७५ लाख रूपैयाँ थापालाई दिएका थिए । तर, सो जग्गा पास गर्न रेणुले आनाकानी गरिन् । कोरोना महामारीको समयमा घिमिरेले जग्गामा पुग्न २४ लाख खर्चेर बाटो समेत बनाएका थिए । उक्त जग्गाको बैना गर्दा पूर्वराजदूत बस्न्यात र एकजना साक्षी बसेका थिए ।

आफुले जग्गाको बारेमा कुरा गर्दा कुटपिट समेत गर्दै आएको उजुरीकर्ता घिमिरेले बताए । पछि बस्न्यात परिवार अमेरिका गएको थियो । अमेरिकामा डेढ वर्ष बसेर नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि आफुले जग्गाको बारेमा कुरा गर्दा धम्की दिने गरेको बताए । उक्त जग्गा मालपोत कार्यालयमा विगत ६ वर्षदेखि रोक्का गरेको राखेको पाइएको प्रहरीले जनाएको छ ।

उक्त जग्गा प्रति आना १७ लाख २५ हजार रूपैयाँका दरले एक रोपनी चार आना तीन पैसा तीन दाम जग्गा ३ करोड ६१ लाख १७ हजार १८७ रूपैयाँमा बिक्री वितरण गर्ने सहमति भएको थियो । त्यसका लागि घिमिरेले ७५ लाख रूपैयाँ बैना दिएको बताए । बैना दिएपछि उक्त जग्गामा बाटो बनाउनको लागि आफुले थप २४ लाख रूपैयाँ खर्च गरेको तर, अन्तिममा जग्गा आफ्नो नाममा नगरेपछि प्रहरीमा उजुरी गरेको उनको भनाई छ । पहिलो किस्तामा ७५ लाख बुझाएको र दोस्रो किस्तामा एक करोड रूपैयाँ बुझाउने गरी सहमति भएको थियो । उक्त पैसा २०७७ को वैशाख महिनाभित्रमा बुझाउने भन्ने थियो ।

त्यसपछि तेस्रो किस्तामा बाँकी रहेको १ करोड ८६ लाख १७ हजार १८७ रूपैयाँ बुझाउने गरी सहमति भएको देखिन्छ । उक्त पैसा २०७७ को जेठ महिनाभित्रमा बुझाउने भनिएको थियो । उक्त जग्गाको सम्पूर्ण रकम जम्मा गरेपछि नामसारी गराइदिने सहमति भएको थियो । प्रहरीले आरोपीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!