२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका ४ जना एआईजी ज्ञवाली, बज्राचार्य, थापा, राईको पदस्थापना

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गतसाता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो ।

एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा पाएका छन् । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्राचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।
बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका छन् । मन्त्रीपरिषदले बढुवा गरेसँगै कार्य, मानव स्रोत, अपराध अनुसन्धान र प्रदेश समन्वय विभागमा उनीहरुलाई पदस्थापन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]