०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपाल प्रहरीका एआईजीहरुको पद स्थापना डिआईजीहरुको सरुवा हुन सकेन

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

ABC (क्राईमबिट) काठमाडौं । गत साता बढुवा भएका नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक(एआइजी)को पदस्थापन भएको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले पदस्थापनको निर्णय गरेको हो ।

एआइजी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिपक थापाको प्रशासन विभाग, श्यामलाल ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय र किरण बज्राचार्यको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा पदस्थापन भएको छ ।
एआइजीको फुली लगाएको एक सातापछि उनीहरुले जिम्मेवारी पाएका हुन्। उनीहरु प्रशासन विभागमा हाजिर गर्दै आएका थिए ।

एआइजीको पदस्थापन भएपनि डिआइजीको भने सरुवा हुन सकेको छैन । बागमती, मधेस र लुम्बिनी प्रदेशमा डिआइजी पद रिक्त छन् । जसमा उमेशराज जोशी, दुर्गा सिंह र किरण राणालाई पठाउने प्रस्ताव भएको थियो । तर, निर्णय भएर नआएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । औपचारिक निर्णय नभएपनि उनीहरुले भने बधाई खाइसकेका छन् ।
कोशी र सुदुरपश्चिममा भने एसएसपीलाई नै प्रदेश प्रमुख दिइएको छ । कोशीमा राजेश बाँस्तोला तथा सदुरपश्चिममा भरत बोहराले जिम्मेवारी पाएका छन् ।
एआइजीका १३ पद रिक्त रहेकोमा बढुवा हुन सकेको छैन दृष्टि ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!