०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको एआईजी राईले पद ग्रहण सम्हाले

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ चैत ६ गतेको निर्णय अनुसार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईले चैत १६ गतेबाट यस प्रतिष्ठानका कार्यकारी निर्देशकको पद ग्रहण गरी जिम्मेवारी सम्हाल्नु भएको छ ।

कार्यकारी निर्देशकज्यूलाई यस प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरिएको थियो ।

सोही अवसरमा कार्यकारी निर्देशक समक्ष प्रतिष्ठानको समग्र गतिविधि समेटी तयार पारिएको प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । प्रस्तुतीकरण पश्‍चात यस प्रतिष्‍ठानका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रतिष्‍ठानको श्रीवृद्धीको लागी प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरू सर्वपक्षमा योग्य र नमुनायोग्य हुनु पर्नेमा जोड दिनुका साथै ईमान्दार, कर्तव्यनिष्‍ठ र व्यवसायिक भई कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!