(राेशन कुमार निधि) बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा न.२४ हरपुरमा निर्माण हुनलागेको राधाकृष्ण मन्दिर तथा धर्मशालाको श्रीरामनवमीको अवसरमा शिलान्यास भएको छ ।
गाउँमा निर्माण हुनलागेको मन्दिर तथा धर्मशालाको बिहिबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।
मन्दिरको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले गरेका छन् । लगभग ५० लाख रुपैयाँको लागतमा निर्माण हुनलागेकाे मन्दिरका लागि स्थानीय बासिन्दा हरु आफैमा चन्दा सङ्कलन गरेका छन् । स्थानीयहरुको सहकार्य र दाताहरुको सहयोगमा मन्दिर र धर्मशाला निर्माण गर्न लागिएको छ मन्दिर निर्माण समित का अध्यक्ष गजेन्द्र प्रसाद यादवले जानकारी दिएकाे छ ।