२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङ निर्माण ब्यबसायी संघको घोराही अफिस तोडफोड

Logo
प्रकाशित शनिबार, चैत्र १८, २०७९


ABC (क्राईमबिट) दाङ । दाङ निर्माण ब्यबसायी संघको चुनाबलाई लिएर निर्माण ब्यबसायिहरुको बिचमा बिबाद भएपछि संघको कार्यालय तोडफोड भएको छ ।
केही ब्यबसायिले चुनाब सार्न नहुने र तोकिएकै समयमा चुनाब गर्नु पर्ने माग गर्दै आएका थिए । अन्य निर्माण ब्यबसायिले ब्यबसायिको बिचमा साझा सहमती गरेर नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । चुनाब सार्ने र नसार्ने दुबै पक्षका ब्यबसायिको बिचमा छलफलका क्रममा बिबाद उत्पन्न भएको थियो । छलफलकै क्रममा चुनाब सार्न नहुने पक्षले संघको अध्यक्ष इस्वर पुनको कार्यकक्षको सिसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिबादकै बिचमा कार्यालयको सिसा फुटाई दिएपछि केही समय असहज बाताबरण बनेको थियो । संघका अध्यक्ष पुनले संघका निबर्तमान अध्यक्ष गणेश गिरिले कार्यालयको सिसा फुटाइ दिएको दाबी गरे । आफुले कार्यालयको सिसा नफुटाएको भन्दै आफुमाथी गलत आरोप लगाईएको र अध्यक्षले नै आफुलाई अपशब्द प्रयोग गरेको गिरि दाबी थियो । गिरिले सिसा फुटाएको बिषयमा पुनले आफुमाथि हातपात गरेको आरोप लगाए । तर, पुनले आफुले कसैलाई हातपात नगरेको र गिरिले अकार्यालय परिसरमा अपशब्द बोल्दै सिसा फुटाउनु गैर जिम्मेवारी काम गरेको आरोप लगाए । यता निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले ब्यबसायिहरुको बिचमा बिबाद गरेर सस्था भित्र काम गर्न नसकिने भन्दै ब्यबसायीकै बिचमा सहमती कायम गरेर बैशाखको दोस्रो साताभित्र नयाँ नेतृत्व चयन हुने बताए । उनले ब्यबसायीकै बिबाद, निर्बाचनका लागि कसैले फारम नै नभरेपछि साझा सहमतिबाट नेतृत्व चयन गर्ने गरि नै अहिले अध्यक्षका दाबेदार इस्वर पुन, प्रबीण भण्डारिकै सहमतिमा निर्बाचन स्थगित गरिएको बताए । उनले निर्माण ब्यबसायी महासंघको केन्द्रिय तहबाट प्रतिनिधि राखेर अब निर्बिरोध कार्य समिती चयन हुने बताए । ब्यबसायीहरुको बिचमा झगडा बिबाद गराएर नेतृत्व चयन गर्दा काम गर्न समस्या हुने भएकाले पनि सर्बसम्मत नेतृत्व बनाउन बनेको सिफारिस समितीको सल्लाहमा नै निर्बाचन स्थगित भएको प्रदेश अध्यक्ष रानाको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।