२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

जसपा) अध्यक्ष उपेन्द्र यादवलाई संसद छिर्न नदिन मतदातालाई बाबुरामको अपिल

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

 (ABC-Sanchar) काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आगामी उपचुनावमा विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन् । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा उपनिर्वाचन लक्षित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन् ।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै केही नेतालाई सत्तामा पुर्‍याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको भन्दै विचार पुर्‍याउन मतदातालाई आग्रह गरेका हुन् । बारा–२ बाट उपेन्द्र यादव फेरि चुनाव लड्दैछन् । उनी गत निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले पराजित भएका थिए ।

‘चुनाव केही वर्ष–महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव–उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पु¥याउने भ¥याङ बन्दै छ, रोकौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!