२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीका १३ जना डीआईजीहरु र १६ जना एसएसपीहरु बढुवा हुँदै

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त १३ डीआईजी र बढुवापछी रिक्त हुने १६ एसएसपी पदमा बढुवाको लागि गृहकार्य थालेको छ ।

गृहसचिव बिनोदप्रकाश सिंह अध्यक्षताको बढुवा समितिले गत साता डीआईजीहरु सन्दीप भण्डारीले, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको थियो। उक्त एआईजी बढुवा सिफारिस विरुद्ध उजुरी गर्ने समयसीमा पनि आजदेखी सकिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एक अधिकृतका अनुसार नेपाल प्रहरीमा रिक्त १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी पुर्तिको लागि बढुवाको गृहकार्य शुरु भएको छ ।

हाल रिक्त १३ डीआईजीको लागि एसएसपीहरु जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रविन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणी आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुन चन्द ठकुरी, बिकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल र चक्रबहादुर सिंह मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

त्यस्तै, रिक्त १६ एसएसपीको लागि २५ एसपीहरु प्रतिस्पर्धामा देखिएका छन् । एसपीहरु बिमल बस्नेत सहित नेपाल प्रहरीको चर्चित ११२ टोलिका विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर, भुपेन्द्रबहादुर खत्री, दिप शमशेर जवरा, बेलबहादुर पाण्डे, प्रवीण पोखरेल, अविनारायण काफ्ले, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, गङ्गा पन्त, तारादेवी थापा, आभुषण तिम्सिना, बिश्वमणी पोखरेल, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, कृष्णबहादुर पल्ली मगर, रविकुमार पौडेल, नविनराज राई, बिरबहादुर ओली, बसन्त रजौरे, चन्द्रदेव राई, प्रज्वल महर्जन र मुकुन्द मरासिनी एसएसपी बढुवाको मुख्य प्रतिस्पर्धी हुन् ।

उनिहरुका अलावा २०५६ को ब्याचकै एसपीहरु रमेशकुमार बस्नेत, रविन्द्र रेग्मी, श्यामकृष्ण अधिकारी, बिमलराज कणेल, गोविन्द अधिकारी, नान्तीराज गुरुङ, कृष्ण प्रसाईं, भिमबहादुर दाहाल, हिराबहादुर पाण्डे, तुलबहादुर कार्की, बिनोद सिलवाल र राजिव बहादुर बस्नेत पनि एसएसपी बढुवाका प्रत्यासी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।