२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले तुल्सीपुर बसपार्कबाट पार्किङमा राखेको बसहरुबाट डिजेल चोर्नेहरु पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र २२, २०७९

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा गए राति करिब २ बजेतिर एउटा कार प्रवेश गर्‍यो।

ना ४ च ५७८७ नम्बरको कारमा २ जना रहेछन्। कारबाट उनीहरू ओर्लिए, यताउता हेरे, कारबाट दुइटा जर्किन निकाले र हातमा झुण्डाए। लगत्तै पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीनजिकै पुगे।

उनीहरूले बसबाट एक जर्किन डिजेल निकाले। अर्को जर्किनमा डिलेल भर्न पाएनन्। किनभने प्रहरीले यो सबै गतिविधि नियालीरहेको थियो।

बसपार्कमा पार्किङ गरिएका गाडीका डिजेल चोरिएका घटना केही दिनदेखि सुनिएका थिए। प्रहरीकहाँ पनि निवेदन पुगेको थियो। चोर पत्ता लगाउन केही दिनदेखि प्रहरी सहायक निरीक्षक सन्तोष आचार्य लगायतको टोलीले बसपार्क क्षेत्रमा निगरानी गरिरहेका थिए।

प्रहरीलाई देख्नासाथ उनीहरू भाग्न खोजे। एक जना भागिहाले। तर प्रहरीले उनलाई केहीबेरमै नियन्त्रणमा लियो। प्रहरी घेराबाट भागेका विशाल रावतलाई पातुखोला पुलचोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका विशाल रावतलाई नियन्त्रणमा लिएको हो।

उनीहरूसँग आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,डिएसपी पुष्पराज मल्लले बताए।

डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको खुलेको छ। उनी कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।

‘कार धनीले नै उनीहरूलाई डिजेल चोर्न पठाएका हुन् कि भन्ने आशंका गर्ने ठाउँ पनि देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने।

बसपार्कमा पार्किङमा राखिएका गाडीबाट टिभी, वाइफाइ राउटर, स्पिकर, डिजेललगायत चोरी हुन थालेपछि प्रहरीले गस्ती बढाएको थियो।

बस धनीहरूसँग पनि सल्लाह गरेर काउन्टरभित्रै प्रहरीलाई पनि उक्त क्षेत्र निगरानी गर्न राखिएको थियो। पछिल्लो दुई महिनामा मात्रै १६ पटक गाडीबाट डिजेल चोरेको पाइएको छ।

मध्यराति बसपार्क क्षेत्रमा कार आउने गरेको सूचनापछि प्रहरीले यस क्षेत्रमा निगरानी गरिरहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]