
ABC (क्राईमबिट)
दाङ । दाङ प्रहरीले चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।
बंगलाचुली गाउँपालिका-४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बताए ।
केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए । यसबारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।