२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी प्रधान कार्यालय तथ्यांक अनुसार नेपालमा दैनिक १९ जनाले गर्छन आत्महत्या

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९


ABC (क्राईमबिट) काठमाडौं । नेपालमा पछिल्लो चार वर्ष अर्थात ४८ महिनामा २६ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यो तथ्यांकले दैनिक औसतमा १७ जनाभन्दा धेरैले आत्महत्या गरेको देखाउँछ । पछिल्ला केही वर्षमा भने यो संख्या दैनिक १९ सम्म पनि पुगेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकले अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन् । यो दैनिक १९ जनाभन्दा बढी हो ।

आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा ६ हजार ८३० आत्महत्याका घटना भएका थिए । यो दैनिक १८ जनाभन्दा धेरै हो । आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा भने ३ हजार १६४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरी तथ्यांकमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ ।

प्रहरीकै तथ्यांकअनुसार झुन्डिएर आत्महत्या गर्ने बढी छन् । यसबाहेक खोलामा हामफालेर, विषादी सेवन गरेर पनि आत्महत्या गर्ने बढी छन् ।

प्रहरी अधिकारीहरू नेपाल विश्वमा बढी आत्महत्या हुने देशहरूमध्ये शीर्ष १५ देशभित्र पर्ने बताउँछन् । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरू पनि रहेको प्रहरी अधिकृतहरूले बताएका छन् । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ ।

तर, धेरैजसो आत्महत्यामा सम्बन्धमा भएको प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था मुख्य कारण रहेको पाइएको छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेल सामाजिक सञ्जालमा आएका विकृती, कोरोना महामारीले निम्त्याएको संकट, गरिबीलगायत विविध कारणले आत्महत्याका घटना बढ्दै गएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।