२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

होटल पौवा घोराहीले ७ औ स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण

Logo
प्रकाशित शनिबार, चैत्र २५, २०७९


(सागर थापा) दाङ । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ । होटल पौवा घोराही दाङ शाखाले घोराही बजारको प्रभातफेरि सहित राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही दाङमा पुगेर होटल पौवा घोराही ब्रन्चका प्रबन्धक केडी शर्माको नेतृत्वमा अस्पतालमा भर्ना भएका सम्पूर्ण विरामीहरुलाई फलफुल वितरण गरेको छ । साथै धनगढी । भैरहवा शाखाले पनि गल्लामण्डी स्थित शाखाबाट प्रभातफेरि सहित भीम अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

त्यसैगरि पोखरा शाखाले ¥याली सहित मानवसेवा आश्रम पुगेर त्यहाँ आश्रितहरुलाई फलाहार भोजन गराएर स्थापना दिवस मनाएको छ भने पाल्पा शाखाले लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गरेको छ ।

उता रेशुङ्गा र गोरुसिङ्घे शाखाले स्थानी मन्दिर र सार्वजनिकस्थलको सरसफाई गरेर स्थापना दिवस मनाएको पौवाले जनाएको छ । पौवाको भालुवाङ शाखाले निलसागर आश्रममा आश्रितहरुलाई फलाहार भोजन । साथै धनगढी शाखाले सेती प्रादेशिक अस्पतालमा भर्ना रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

उनका अनुसार जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रसुती वार्डमा फलफुल वितरण गरेको छ । स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विभिन्न जिल्लामा प्रभातफेरिमा निस्केको होटल पौवा घोराही दाङका प्रबन्धक केडि शर्माले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]