२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रामेछाप कारागारमा ज्यान मुद्दा बिताइरहेका एकजना कैदीको मृत्यु

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

ABC (क्राईमबिट)
रामेछाप । जिल्ला कारागार रामेछापमा कैद जीवन बिताइरहेका एकजना कैदी बन्दीको शुक्रवार मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि कारागारमा कैदीबन्दीको मृत्यु भएको हो । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीको वीरे दमाई भन्ने वीरे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । कारागारमा बसिरहेको समयमा अकस्मात पेट दुखेपछि उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछापमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको थियोे कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए । मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते पुर्पक्षको लागि कारागार कार्यालय रामेछाप पठाएको थियो । कारागारमा कैदी जीवन विताइरहेका दमाईको १ महिना १९ दिनमाणै मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]