२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दुर्गा प्रसाईंले पार्टीलाई र मलाई फसाउन अडियो रेकर्ड बाहिर ल्याएर ढाकाकुमार श्रेष्ठ

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

 (ABC-Sanchar) काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका थिए ।

अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समिति समितिले मंगलबार श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । समितिमा बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका थिए ।

उनले धम्की दिएका थिए– ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु ।’

समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेका थिए । तर श्रेष्ठले जवाफ दिएका थिएनन् । उनले आफूलाई पार्टीले कारबाही नगर्ला कि भनेर मौन बसेका थिए ।

तर, आज (बुधबार) उनलाई रास्वपाले कारबाही गरेको छ । श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।

बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ । उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय पनि रास्वपाले गरेको छ ।

रास्वपाले कारबाही गरेपछि उनले ‘कोर टिम’ खुलासा गर्लान् त भन्ने चासोको विषय बनेको छ । यस विषयमा आफूले अहिले धेरै नखोल्ने र ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्ने बताएका छन् । कुरा गर्दै उनले भनेका छन् । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र रु उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ रु कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]