२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली सेनाको शान्ति सैनिकहरूको डफ्फाहरु अदलीबदली

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि Central African Republic मा तैनाथ शान्ति सेनाको अदलीबदली गरिएको छ ।

High Readiness Protection Battalion (HRPB) मा सहभागी श्री जबरजंग गण (शान्ति सेना) चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट (सातौँ डफ्फा) लाई अदलीबदली गरिएको हो ।

बुधबार बदली गर्नको लागि श्री भवानीबक्स गण, पाँचौँ डफ्फा र श्री सैनिक प्रहरी युनिट, आठौँ डफ्फाका १६३ जना सैनिकहरूको अन्तिम टोली सेनानी केशव बहादुर थापाको नेतृत्वमा Ethiopian Airlines को विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी रित बहादुर रानाभाटको कमाण्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरु यस अगावै मिसन ईलाकामा पुगिसकेका छन् ।

यस्तै, उक्त मिसनमा तैनाथ श्री जबरजंग गण, चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट, सातौँ डफ्फाका १६२ जना सैनिकहरू प्रमुख सेनानी राजेश विक्रम शाहीको नेतृत्वमा मिति २०७९ चैत्र २९ गते स्वदेश फिर्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।