२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पैसाको डिल गरेको रेकर्ड आएको पैसा लिएको छैन : अध्यक्ष रवि लामिछाने

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पैसाको लेनदेन नभएको बताएका छन्।

बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबिच पैसाको लेनदेन नभएको बताएका हुन् । । घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको उनको भनाइ छ ।

उनले भने, ‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो । त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौँ। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौँ, पद्धतिलाई हेरेर निर्णय गरेका हौँ । एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएन ? भ्रष्टाचारलाई शून्य सहनशीलताको रूपमा लियो कि लिएन ? गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्‍यो । यसले भोग्नुपरेका समस्याहरू यसमाथि लगाइएका बारहरू सम्भवतः राजनीतिक दलहरूले ७० वर्षसम्म पनि पार गरेका छैनन् होला तर यी सबै घुम्तीहरूलाई हामीले पार गर्दै आयौँ ।’

उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।