२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सय वर्ष पुरा सइले सगरमाथा चढ्ने

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

ABC (क्राईमबिट) काठमाडाौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथा आरोहरण गर्ने भएका छन् । राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न गर्न लागेका नेपालीलाई शुभकामानसहित प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले झण्डा हस्तान्तरण गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले यस आरोहण मार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवम् नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्णरूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देश समेत प्रवाह हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले आरोहण सम्बन्धी सङ्क्षिप्त जानकारी दिए । उक्त आरोहणको लागि प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार स्वीकृत भई आए पश्चात माउन्टेनियरिङ तालिम प्राप्त गरी ६ हजार ४७६ मिटर उचाईको मिरा पिक लगायत अन्य हिमालहरू सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली उक्त आरोहणको लागि छनौट भएको र उक्त आरोहणको लागि इलाइट हिमालयन एडभेन्चरसँग सहकार्य गरिएको छ ।
सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजना अन्तर्गत विश्व सम्पदा सूचीमा सूचिकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]