२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सांसद ढाकाकुमारले कारबाही गरिएको विरुद्ध अदालत जाने रवीको मुद्दामा नजान आग्रह

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ ।
रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ढाकाकुमार श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् । उनले पार्टीलाई सघाउन पनि आग्रह गरेका हुन् ।
‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्वासांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईंले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला,’ उनले भने, ‘यो यात्रामा कहिँ न कहिँ तपाईंको पनि योगदान छ ।’

आफूलाई पार्टीले गरेको कारबाही स्वीकारेर छेउ लाग्न लामिछानेको आग्रह थियो । ‘आफूले योगदान दिएको यात्रमा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईंले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईंलाई संसद्मा स्वागत गरौंला । यो यात्रा बिथोल्ने काम नगर्नुस् ।’

सांसद श्रेष्ठले भने आफूलाई कारबाही गरिएको कदमविरुद्ध अदालत जाने तयारीमा रहेका छन् । यस्तो तयारीका बेलामा सभापति लामिछानेले अन्य कदम नचाल्न आग्रह गरेका हुन् ।

लामिछानेले घुसको अडियो सार्वजनिक भएको ७२ घण्टामा नै कारबाही गरेको चुनावी सभामा अभिव्यक्ति दिएका हुन् । पार्टीले हटाएको कदमविरुद्ध नलाग्न लामिछानेले आग्रह गरेका हुन् । ‘किनकी यो यात्रा आउटा मान्छेको यात्रा होइन । लाखौं लाख नेपालीले विश्वास गरेको भरोसा गरेको यात्रा हो । त्यो भरोसा गरेको यात्रालाई कुठाराघात गर्ने छुट कसैलाई पनि छैन । न मलाई न उसलाई,’ उनले भने ।
श्रेष्ठले आफू मन्त्री बन्न लागेको तर त्यसका लागि पार्टीको कोर टिमलाई बुझाउन साढे २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग फोन संवाद गरेका थिए । गत माघ १ मा भएको उक्त फोन संवाद गत चैत २६ मा सार्वजनिक भएको थियो । त्यसपछि पार्टीले उनलाई साधारण सदस्यबाट निष्कासन गरेको थियो । त्यस कदमविरुद्ध उनी अदालत जाने तयारीमा रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!