२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चाईनिज खाद्यान्न मालबस्तुहरु भन्सार चोरी निकासी विभिन्न समानहरु पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख ०६, २०८०


(रोशन कुमार निधि)
पर्सा । बिरगंज जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित जाँच चेकिङ टोलीले काठमाण्डौबाट भारतको दिल्ली सम्म जाने सार्वजनिक बसलाई रोकी चेकजाँच गर्ने क्रममा विना भन्सार प्रज्ञापनपत्रको चोरी निकासी गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएकाे छ। बरामद गरिएका मालवसतु हरु रू.२,८१,२५०।– ( दुई लाख एकासी हजार दुई सय पचास ) बराबरका खाद्यान्न मालबस्तुहरू रहेको थियो आवश्यक कारवाहीको लागि मिति २०८०।०१।०६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रव्क्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]