२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई वैशाखदेखि असारसम्म तलब नपाउने

Logo
प्रकाशित शनिबार, बैशाख ०९, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना बढेर गएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । त्यति बेला बाँकी महिनाको समेत तलब दिइनेछ ।

चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चैत महिनाकै पनि सबै प्रहरीले तलब सुविधा पाएका छैनन् । प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले तलब अभावबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए ।

उनले भने, “पछिल्लो समय तलब पनि बढ्यो । त्योसँगै विभिन्न नयाँ पद सिर्जना भए । नयाँ पदसँगै उनीहरूको तलब सुविधा पनि बढ्यो । तर, बजेट पुरानै भएकाले तलब खुवाउन समस्या भएको हो । तर, सरकारबाट रकम निकासी भए समस्या हुँदैन ।”

प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजारजना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको छ ।

प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्त्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ ।

प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् ।
बजेट अभावले अरू सरकारी निकायमा पनि तलब सुविधा दिन समस्या भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]