२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सिरहामा सामान सवारी दुर्घटना हुँदा ४ जना घाइते

Logo
प्रकाशित बुधबार, बैशाख १३, २०८०

ABC (क्राईमबिट)
सिरहा । सिमापारीको भारतीय बजारबाट तस्करीको सामान लिएर आइरहेको म्याजिक गाडी सिरहाको चोहर्वास्थित नरहा नजिकै अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । प्रहरीकै आँखा अगाडि ओभरलोड म्याजिक दुर्घटना भएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नरहा गाउँपालिका-३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका-३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षीय पिन्का यादव, ६० वर्षीय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

घाइते मध्ये तीन जना यादव एकै परिवारका हुन् । यात्रीसहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनीहरू घाइते भएको केसीले बताए ।

दुर्घटनालगत्तै गाडीका चालक फरार छन् । घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरू सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको छ । गाडी चालकको खोजतलास भइरहेको छ भने गाडीमा रहेका सामान कसको भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लै उपस्थिति रहेपनि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको र दिनप्रतिदिन चोरी तस्करी फस्टाएको स्थानीयहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]