२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पसलमा ग्राहक बनेर छिरेका युवक सिक्री लुट्न खोज्दा हत्या गरेर फरार पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख १७, २०८०

ABC (क्राईमबिट) काठमाडाैं । कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएकाे खुलेको छ । पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका छन् ।

विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुँमा छिरेको थिएँ । त्यही बेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको हुँ ।’

यद्यपि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए । ती अधिकारीले भने, ‘अहिले झापाबाट आरोपीलाई हामी काठमाडौं ल्याउँदैछौँ । उनको प्रारम्भिक बयानबाट लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ । तर, हामी थप अनुसन्धानपछि मात्रै सबै कुरा भन्छौँ ।’

घटनास्थलको विश्लेषण गरेका एक प्रहरी अधिकारीका अनुसार निराको एक हातमा दाँतले टोकेको गहिरो घाउसमेत थियो । प्रहरी स्रोतका अनुसार निराले लगाएको सुनको सिक्री विनोदले बालाजुको एक सुन पसलमा बिक्री गरेको खुलेको छ ।

७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो । आचार्यको हत्या रहस्यमय बन्दै गएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो ।

त्यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मी, उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठको नेतृत्वमा समेत छुट्टाछुट्टै अनुसन्धान समिति बनेका थिए ।

लामो समयसम्म हत्यारा पत्ता नलागेपछि निराका आफन्तले प्रहरीलाई दबाब सिर्जना गर्न घटनास्थलमा धर्नासमेत दिन थालेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।