२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका बन्द

Logo
प्रकाशित आइतबार, बैशाख १७, २०८०

 ABC (क्राईमबिट) बाँके । जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

१९ वैशाख राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी प्राप्त भएको जनाउँदै आफूहरूले सोही बमोजिम गर्ने इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।

नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको छ ।

खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको छ । यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]