२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यूवतलाई ब्ल्याकमेल गर्दै ६ वर्षसम्म वलात्कार गरेको आरोपमा १ युवक पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख १८, २०८०


ABC (क्राईमबिट)
बिराटनगर । सुनसरी घर भई भक्तपुर बस्ने २० वर्षीया युवतीलाई ६ वर्षदेखि डर, त्रास, धम्की दिँदै बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका–६ बस्ने बर्ष ३० वर्षीय रिजवान अन्सारीलाई पक्राउ परेका हुन् ।

अन्सारीले पीडित युवतीलाई २०७४ असार महिनादेखि २०७९ फागुन १८ गतेसम्म प्रलोभन, डर, त्रास, धम्की दिँदै जबरजस्ती करणी गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार अन्सारीले युवतीको विभिन्न अश्लिल फोटोहरू खिचेर विराटनगर र काठमाडौँका विभिन्न स्थानमा लगी ती फोटोहरू सार्वजनिक गर्ने डर देखाई जवरजस्तीकरणी गरेका थिए ।

उनले जवरजस्तीकरणी गरेको अश्लिल भिडियो बनाएको र पीडित युवतीको फोटो राखी फेक प्रोफाईल बनाएर अश्लिल फोटोहरु सार्वजनिक गरेको, पीडितका आफन्त र साथिभाईहरुलाई अश्लिल फोटोहरु पठाई चरित्र हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्‍जन कुमार दाहालले जानकारी दिए ।

दाहालकाअनुसार अन्सारीले पीडत युवतीलाई दुई पटक गर्भपतनसमेत गराएका थिए । अन्सारीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट जवरजस्तीकरणी, गर्भ संरक्षण सम्बन्धी कसूर, विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]