२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

पेट्रोल ४ रुपैयाँ ३३ पैसा तथा डिजेलमा ४ रुपियाँ ११ पैसा मुल्य घटेर आएको छ

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

(ABC-Sanchar) काठमाडौं । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ ।

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मुल्य घटेको भन्दै पत्र आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मुल्य निगमलाई पठाएको हो ।

डिजेल, पेट्रोलको मुल्य घटेर आएपछि निगमले स्वचालित बिद्यीवाट मुल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]