०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

साविककै मन्त्रालयहरु पाउनुपर्ने रवि लामिछानेले गृहमन्त्री पाउने प्रधानमन्त्री सकारात्मक

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले राखेको प्रस्तावमा सहमत भए रास्वपा पुरानै मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

लामिछानेले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग सरकारका साझा कार्यक्रम संशोधन हुनुपर्ने, साविकको मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखेका छन् । ती विषयमा सहमति भए रास्वपा सरकारमा सहभागी हने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

रास्वपाको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रममा रास्वपाका एजेण्डा समावेश गर्न तयार रहेको पत्रकार सम्मलेनमार्फत बताइसकेका छन् । यद्यपी सत्तारूढ दलबीच थप सहमति एवं छलफलका लागि प्रधानमन्त्रीले शुक्रबारसम्मको समय माग गरेका छन् ।
सोमबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता ढकालले भने, ‘हामी लामो समय समर्थन पनि गर्ने र सरकारबाहिर पनि बस्ने कुरा रहँदैन । सरकारलाई दिएको समर्थन कायमै राख्नुपरेमा सरकारमै सहभागी हुन्छौं । यदि सरकारमा सहभागी हुने अवस्था नआए समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्छौं ।’

‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले जाने या नजाने निर्णय गर्न मात्रै बाँकी हो,’ प्रवक्ता ढकालले भने ।

स्रोतका अनुसार रास्वपा गृह वा अर्थमध्ये कुनै एक मन्त्रालय पाउनैपर्ने अडानमा छ । गृह मन्त्रालयको जिम्मेवारीमा अहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् भने अर्थ मन्त्रालयको जिम्मेवारीमा कांग्रेस नेता प्रकाशशरण महत छन् ।

१० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!