०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बाघले मान्छे मार्न थालेपछी गतिविधि निगरानी गर्न क्यामेराहरु जंगलमा जडान

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

ABCSanchar)
बेदकोट । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ ।

बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छ वटा स्वचालित क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए । ‘बाघले मान्छे मारेपछि अझैसम्म स्थानीयवासी त्रस्त छन्, फेरि बाघको हल्ला छ’, उनले भने, ‘त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।’ यही वैशाख ८ मा घाँस काट्न गएकी सोही वडाकी गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । घटनापछि स्थानीयवासी त्रस्त छन् ।

‘पचुईँपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्’, स्थानीयवासी महेश विष्टले भने, ‘घटनापछि डराएका स्थानीयवासी अझैसम्म सामान्य अवस्थामा आउन सकेका छैनन् ।’ घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि नसकेका उनले भने ।

उक्त नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना थुनिएको छ । यसअघि गत चैत १० मा भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदन टोलकी ३२ वर्षीया कलसा सार्कीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।

पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि त्यस क्षेत्रका बासिन्दामा त्रास बढेको हो ।

बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहे पनि अझैसम्म स्थानीय वासीमा बाघको त्रास कम हुन नसकेको वडानं ८ का अध्यक्ष बिसराम रानाले बताए ।

‘गहुँ थ्रेसिङ गरेपछि भूषासमेत बाघको डरले त्यस क्षेत्रका बासिन्दाले ल्याउन सकेका छैनन्’, उहाँले भने, ‘रात पर्ने बित्तिकै स्थानीयवासी घर बाहिर निस्कन डराइरहेका छन् ।’ त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि राति भने आवतजावत निकै कम भएको छ । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा घना जङ्गल छैन तर करिब दुई किलोमिटर क्षेत्रमा रहेको घना झाडी भने सफा गर्ने तयारी गरिएको छ । ‘झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गर्ने तयारी गरेको छ’, वडाध्यक्ष रानाले भने, ‘यसबाट सो क्षेत्र खुल्ला हुन्छ । झाडी नभए बाघ पनि नबस्ने र स्थानीयवासीको डर कम हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!